यी हुन् तारा एयरको दुर्घटनामा परेका २५ वर्षीय ‘को पाइलट उत्सव’


पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको विमान आज आइतबार मुस्ताङको लेतेस्थित लाजुमको खोँचमा दुर्घटनामा परेको छ।बिहान करिब ९ः५५ मा पोखरा विमान स्थलबाट छुटेको विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलटमा रुकुमका उत्सव पोख्रेल थिए।



करिब एक वर्षदेखि को पाइलट भएर उडान भरिरहेका उनी आज तारा एयरको विमान दुर्घटनामा परेका हुन्।रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर – ३ का उत्सव परिवारका कान्छा छोरा हुन्।

शिक्षण पेशामा आवद्ध उनका बुवा आमा जतिबेला जाजरकोट र दाङमा छन् भने उनी पाइलट बनेपछि आफूपनि पाइलट बन्ने सपना बुनेर उनका दाजु त्यसैको अध्ययन गर्दै छन्।उनी आफ्नो परिवार मात्र नभएर त्यस जिल्ला नगरपालिकाको लागि पनि उदाहरणीय युवा थिए। कारण उनी त्यस क्षेत्रको पहिलो पाइलट थिए।




फिलिपिन्सबाट अध्ययन सक्काएर नेपाल आए लगत्तै तारा एयरमा काम गर्न थालेका उनले काम गरेको पहिलो वर्ष वित्न पाउँदा–नपाउँदै दुर्घटनामा परे।उनीसहित सो विमानमा रहेका अन्य २१ जना पनि वेपत्ता छन्। नेपाली सेनाको एम आइ १७ विमान खोजि र उद्धारका लागि सम्भावित दुर्घटना स्थलतर्फ पुगि प्रारम्भिक कार्य गरेको छ।

यात्रुहरूको सूचीमा ४ भारतीय र २ जर्मन नागरिक पनि रहेका छन्।पोखरा विमानस्थल स्रोतका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज एक सम्पर्कविहीन भएको थियो।सो दुर्घटनामा परेका उनी सहितका सबै यात्रुको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी भने आउन बाँकी रहेको छ। देश सञ्चार बाट

 



सम्बन्धित
Loading...