ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु




उदयपुरकमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएको छ ।

 

प्रहरिका अनुसार कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे ।

 




मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय मिटरजति तल खसेको थियाे ।

 

 



सम्बन्धित
Loading...