१४ हजार ५०० फिटको उचाइमा पर्यो दुर्घटना – तारा एयर

तारा एयरले आइतबारदेखि बेपत्ता रहेको जहाज १४ हजार ५०० मिटर माथि दुर्घटनामा परेको जनाएको छ ।
तारा एयरले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । “मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९एन–एईटी, डीएचसी–६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ ।” विज्ञप्तीमा भनिएको छ।
विज्ञप्तिमा वायुयान अन्तिमपटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानीबाट सम्पर्कमा आएपछि सम्पर्कविहीन भएको बताइएको छ ।
