भरुवा ब`न्दुकको गो`ली लागेर मृ`त्यु, दस जना प`क्राउ




ऐरावती गाउँपालिका-१ दाङवाङमा भरुवा ब`न्दुकको गो`ली लागेर एकजनाको ज्यान गएको छ ।

 

सिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतवार गोली लागेर मृ`त्यु भएको हो ।

 




दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले मृगलाई हानेको गोली आलेमगरको टाउकोमा लागेको प्र`हरीले जनाएको छ ।

 

घट`ना आइतबार दिउँसो भए पनि प्रहरीलाई राती मात्र खवर आएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

 

प्रहरीले सिकार खेल्ने क्रममा प्रयोग भएको २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

 

त्यसैगरी बन्दुक हान्ने ज्ञानबहादुर नेपालीसहित दस जनालाई प्रहरीले पक्रेको छ ।

 

पक्राउ पर्नेमा ओमबहादुर पुन, कृष्णबहादुर पुन मगर, भुपबहादुर पुन मगर, टिकाराम पुन, ड्यामबहादुर पुन, झविन्द्र थापा, विशाल घर्ती, झिमरुक गाउँपालिका ४ बस्ने गुञ्जबहादुर पुन रहेका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

 

उनका अनुसार ४ जना व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।

 



सम्बन्धित
Loading...