घरको छतबाट खसेर एकको मृ`त्यु

काठमाडौंमा घरको छतबाट खसेर एक जनाको मृ`त्यु भएको छ।
अन्दाजी ६० वर्षीय महेश पन्तको मृ`त्यु भएको जिल्ला प्रहरी परीसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार सोमबार लाजिम्पाटमा रहेको घरको छतबाट खसेर पन्तको मृ`त्यु भएको हो।
‘बिहान हामीलाई करिब छ बजेतिर घ`टनाबारे खबर आएको थियो’ उनले भने,‘घ`टनाबारे सूचना पाउनासाथ डाक्टरको टोलीसहित प्र`हरी घ`टनास्थलमा पुगेको थियो।’
पन्तको श`व पोष्टमर्टमका लागि टिचिङ अस्पताल लगिएको प्र`हरी उपरीक्षक मैनालीले बतााए।
प्र`हरीले घ`टनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।