दु`र्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको श`व भेटियो




मुस्ताङको थासाङमा दु`र्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको श`व फेला परेको छ ।

 

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दु`र्घटनाग्रस्त भएको हो ।

 




सोमबार विहान फेला परेको दु`र्घटनाग्रस्त विमानमा सवार सबैको मृ`त्यु भएको छ । दु`र्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृ`त्यु भएको हो ।

 

फेला परेका श`वमध्ये १० वटा श`वलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मौसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले श`व बोकेर झार्नुपर्ने भएकोले समस्या भएको छ ।

 

श`वहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताए । फेला परेका श`वको पहिचान भने भइसकेको छैन ।

 



सम्बन्धित
Loading...