एकल आमाले दु:खले हुर्काएर एयर होस्टेस बनेकी कृष्मी, आकाशमा उडेर आकाशमै विलाइन् !


आइतबार दिउँसो पोखरा विमानस्थलको प्रतीक्षालयमा एउटी युवती घरीघरी रोइरहेकी थिइन्। छेउमा उभिएका अरूका पनि आँखा रसाएका थिए। प्रतीक्षालयमा पर्खिरहेका आँखाहरू जहाजकी एयरहोस्टेस कृष्मी थापालाई खोजिरहेका थिए। तीमध्ये केही कृष्मीजस्तै एयरहोस्टेस थिए। आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको घन्टौं बित्दा पनि अत्तोपत्तो थिएन। उनीहरू भने कृष्मी फर्केर आउँछन् कि भन्ने झिनो आशा बोकेर कुरिरहेका थिए।



सोमबार बिहान उक्त जहाज दु”र्घटनामा परेको र जहाजमा रहेका सबैको मृ”त्यु भएको घोषणासँगै उनीहरूको आशाको दियो निभेको छ। उनीहरूकी साथी कृष्मी अब कहिल्यै फर्केर नआउने भएकी छन्। साथीहरूमाझ सधैँ हँसिली र फुर्तिली कृष्मीले आफ्नो जीवनमा भने धेरै दु:ख र संघर्ष गरेकी थिइन्। स्याङ्जा चापाकोटकी कृष्मीका बुवा थापा मगर हुन् भने आमा दलित परिवारकी। कृष्मी जन्मिएपछि बुवाले आमालाई घरबाट निकालिदिए। कृष्मीलाई बोकेर आमा नजिकै रहेको माइत गइन्। माइतीमै कृष्मी हुर्किन्, पढिन्।

कृष्मीका मामाकी छोरी शर्मिला रुपालका अनुसार कक्षा १० सम्म गाउँमै पढेकी कृष्मीले प्लस टु स्याङ्जाको वालिङमा पढिन्। त्यसपछि एयर होस्टेस बन्न पोखरा आइन्। पोखरास्थित एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालेर उनी २०१५ मा भर्ना भइन्। ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि कृष्मीले केही महिना पोखराकै एभिया क्लबमा काम गरिन्। लगत्तै यति एयरलाइन्सले एयर होस्टेसका लागि विज्ञापन निकाल्यो। उनी पास भइन्।




हजुरआमाले मादल बजाउँदै गीत गाएको भिडिओ क्लिप फेसबुकमा राख्दै उनले २०२१ नोभेम्बर ११ मा यस्तो लेखेकी थिइन्: ‘हजुरले जीवनमा धेरै कुराको अनुभव गर्दै आउनुभएको छ त्यही अनुभवबाट हामीलाई सिकाउँदै, बुझाउँदै आउनु भएको छ, हजुरजस्तो आमा, सासूआमा र हजुरआमा (बुडीमम्मी ) पाउनु हामी सबै परिवारको सौभाग्य हो, विशेषगरी म आफूले आफूलाई एकदम भाग्यशाली सम्झिएकी छु। म सानो हुँदा हजुरको काखमा हुर्किन पाएँ हजुरको स्याहार–सुसार पाएँ जब ठूलो भए एउटा नारी भएँ त पनि कसरी निडर भएर जीवनमा संघर्ष, आत्मविश्वास, आत्मबल र हिम्मतका साथ अगाडि बढ्न सक्नुपर्छ।

यति एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो। विगत ५ वर्षदेखि उनी तारा एयरमा एयर होस्टेसका रूपमा काम गरेकी थिइन्। एयर होस्टेस कोर्स पूरा गर्न कृष्मीका मामा आएर शुल्क बुझाएको एकेडेमीका म्यानेजिङ डाइरेक्टर शोभा केसीले बताइन्। जब उनी तारा एयरमा काम गर्न थालिन्, परिवारको आर्थिक जिम्मा उनैले सम्हालेकी थिइन्। मामाघर बसेर हुर्केकी कृष्मीका लागि आमा र हजुरआमाको खुसीभन्दा माथि केही थिएन।

मामाका छोरी शर्मिला र उनका भाइलाई पोखरा राखेर पढाएकी थिइन् भने अर्का भाइलाई काठमाडौंमा विज्ञान पढाएकी थिइन्। मामाकी छोरी शर्मिलालाई पनि कहिलेकाहीँ एयर होस्टेस बन्न सुझाव दिन्थिन्। शनिबार भेटेर पनि उनलाई कृष्मीले राम्रो मान्छे बन्न भनेकी थिइन्। विमानस्थलको प्रतीक्षालयमा भेटिएकी शर्मिलाले आँशु पुछेर भनिन्, ‘हिजो राती पनि तिमीहरू राम्रोसँग पढ, राम्रो मान्छे बन्नुपर्छ, म छु, भन्नुभयो, आज उहाँ कहाँ हुनुहुन्छ।’

समय चलिराख्ने चिज हो हरेक औंसीपछि पूर्णिमा आउँछ त्यसैले हरेस कहिले नखानु म कुनै दिन कमजोर भए भनि हजुरको कुरालाई याद गर्छु! मेरो प्रेरणा र हिम्मतको स्रोत हो हजुर सधैंभरि यसरी हाँसेको देख्न पाम, हजुरको सेवा गर्न पाम र हजुरले जति खुसी माया दिनु भएको छ त्यसको हजार गुना दिन सकूम् यही मेरो जीवनको लक्ष्य हो…….। कृष्मीले परिवारका भाइबहिनीको शिक्षाको जिम्मा आफूले लिएकी थिइन्।

 



सम्बन्धित
Loading...