नापी कार्यालयका अमिन घुससहित पक्राउ


 



रुपन्देहीको भैरहवा नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको हो ।




सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकमसहित रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।



सम्बन्धित
Loading...