पेट्रोलियम पदार्थको मूल्यवृद्धि ३ दिन भीत्र फिर्ता नलिए देश भर आन्दोलन गर्ने राप्रपाको घोषणा
काठमाडौ। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग माग गरेको छ। श्रृंखलाबद्ध रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भन्दै राप्रपाले फिर्ता लिनका लागि सरकारसँग माग गरेको हो।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गर्दै उपभोक्तालाई मारमा पार्ने गरी भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्। ‘
श्रृंखलाबद्ध रूपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक छ। सरकारको हचुवा, अदूरदर्शी कदमबाट आम उपभोक्ता नराम्रोसँग मारमा परिरहेको छ,’ राप्रपाको माग छ, ‘राप्रपा पटक-पटक भइरहेको मूल्यवृद्धिको विरोध गर्दछ।
साथै उपभोक्ताको हितविपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गर्दछ।’
पेट्रोलियम पदार्थमा राज्यले लिइरहेको करमा पुनर्विचार गर्न पनि राप्रपाले माग गरेको छ। अध्यक्ष लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राप्रपाबाट अजयले मेयर जित्दा उनको पार्टीले कुनै वडा जितेको छैन। शिवराजको उपप्रमुख र ३ वटा वडा एमालेले जितेको छ। ३ वटा वडामा कांग्रेस विजयी भएको छ। २ वटा लोकतान्त्रिक समाजवादी पार्टी र एउटा वटा जनता समाजवादी पार्टीले जितेको छ। थापाले दलगत भन्दा व्यक्तिगत लोकप्रियताको भोट बटुले। नगरबासीले युवालाई रोजेको पनि यसले देखाएको छ।
मेयरमा विजयी भएपछि उनका ठूला सपना छैनन्। ‘शिवराज भ्रष्टाचाररहित हुन्छ। १२ कक्षासम्म अंग्रेजी माध्यमको शिक्षा निशुल्क गराउँछौँ’, उनले भने, ‘उद्योगहरुमा स्थानीय कामदार हुनुपर्ने व्यवस्था गर्छौँ। नागरिकलाई सहज र सुविधा पुग्ने काम थाल्छौँ।’