कैलालीमा श्रीमान–श्रीमती मृत फेला : घटनास्थलमा खुकुरी भेटियो !
धनगढी — कैलालीको अत्तरिया नजिक पर्ने गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५५ वर्षीया पदमा ऐर मंगलबार बिहान मृत फेला परेका छन् ।
श्रीमान घर बाहिर झुlन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेlटिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले बताए । ‘बिहान थाहा भएपछि प्रहरी घटlनास्थल पुगेको छ,’ राठौरले भने ।
प्रहरीका अनुसार घटनाकाे प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आlत्महlत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटlनास्थलमा एउटा खुकरी फेला परेको छ ।
घटlनाबारे थप अनुसन्धान तथा पोष्टमार्टम गर्ने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।