लामा गुरु ले केही नगरेको सिसिटिभी फुटेज मा देखिए पछी कबडी ४ दर्सक ले बहिस्कार गर्दै
काठमाडौं । कबड्डी ४ कि नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोप लागेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ । फिल्म हलभित्र आफूलाई पिठ्यूमा गलत तरिकाले छोएर दुर्व्यवहार गरेको आरोप लगाएकी मिरुनाले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।
तामाङ थरका युवक अहिले प्रहरी हिरासतमा रहेका छन् । प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा म्याद थप गराएको बताइएको छ । आरोप प्रमाणित भएमा उनले १ वर्ष जेल सजाय पाउने छन् ।
सिभिल मलको कफि सपमा नायिका र युवकबीच विवाद भएको थियो । अन्तमा युवकले कान समातेर माफी मागे पनि मिरुनाले उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।यो षियले अहिले सिने जगत गर्माएको छ ।
पछिल्लो समय दुर्ववहारको घटना बढ्दो क्रममा छ । सामान्य ब्यक्तिदेखि सार्बजनिक ब्यक्तिसम्मलाई दुर्ववहारका घट्नाले पिरोल्ने गरेको छ । यस्तैमा अभिनेत्री मिरुना मगर पनि दुर्ववहारमा परेकी छन् । त्यो पनि सार्बजनिक स्थलमै । हाल बक्स अफिसमा अत्याधिक व्यापार गर्न सफल भैरहेको नेपाली चलचित्र ‘कबड्डि ४’ को मुख्य नायिका हुन मिरुना । चलचित्रले सफलता हासिल गर्न थालेपछि हलहलमा दर्शकलाई भेटन टिमसंगै पुगेकी उनलाइ एक ब्यक्तिले गलत तवरले छोएर दुव्र्यवहार गरेका हुन् । लामाको पहिरनमा देखिएका सो ब्यक्तिलाई अभिनेत्री मिरुनाले थप्पड समेत हानेकी छन् । हेर्नुस मिरुनाले थप्पड हानेको भिडियो
गलत ब्यवहारले आवेशमा आएकी उनले सो ब्यक्तिलाई थप्पड हानिसकेपछी ‘अबदेखी कोहि केटिलाई त्यसरी छोइस् भनेनी तेरो यो युनिफर्म उतार्दिन्छु’ भन्दै त्यही सबैमाझ माफी समेत माग्न लगाईन् । काठमाडौमा अवस्थित सिभिल मलमा आइतबार साझ भएको जुन घटनाको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ ।
अभद्र व्यवहार गरेको आरोपमा फुर्वा तामाङ भनिने सो ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । पछाडिबाट पटकपटक अस्वाभाविक रुपमा छोएको भन्दै मिरुनाले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी थिइन् । उनको सो जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका लामालाई पक्राउ गरेर हिरासतमा राखेको हो ।