अमेरिकाबाट छुट्टी मनाउन आएका थिए दिदीबहिनी, आमाबाबुसहित दु”र्घटनामा परे


गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा जहाज दुर्घटनामा परेर निधन भएको छ। आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०:०७ बजेदेखि सम्पर्कविहीन थियो। सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ५ तीनमाने घर भई काठमाडौंको पुतलीसडक बस्दै आएका ५२ वर्षीय गणेशनारायण श्रेष्ठसहित उनका परिवार जहाज दु”र्घटनामा परेका हुन्।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



अमेरिकामा पढ्दै आएका दुई छोरीहरू छुट्टी मनाउन नेपाल आएका थिए। उनीहरू वैशाख ३० मा काठमाडौं ओर्लिएका थिए। छोरीहरू २३ वर्षकी रोजिना श्रेष्ठ, २० वर्षकी रविना श्रेष्ठ र श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठसहित गणेशनारायण मुक्तिनाथ दर्शन गर्न जाने क्रममा तारा एयरको जहाज दु”र्घटनामा परेका छन्। वडाध्यक्ष यमबहादुर रानाले एकै घरका चार जना जहाज दुर्घटनामा परेको खबर आएको बताए। उनकाअनुसार अमेरिकामा रहेका छोरा करिब २६ वर्षका रोशन श्रेष्ठ भने स्वदेश फर्कदैछन्।

तारा एयरको ९ एन एइटी जहाजमा उनीहरूसहित २२ जना थिए। जहाज क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेलले उडाएका थिए। एयर होस्टेस कृष्मी थापा थिइन् भने १९ जना यात्रु थिए। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दु”र्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको श”व फेला परेको छ। दु”र्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ श”वलाई आज हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी छ। दुर्घ”टनास्थलमा सबै शव फेला परेको छ।




रोजिना र रविना अमेरिकामै पढ्ने हो। उनीहरू छुट्टीमा नेपाल आएका थिए,’ पुडासैनीले भने, ‘रोजिनाले पिएचडी गर्दै थिइन्, रविनाले कम्प्युटर इन्जिनियरिङ पढ्दै थिइन्।’ उनीहरू पहिले भने बुढानिलकण्ठ स्कुल पढेका थिए। गणेशनारायण कम्प्युटरलगायत सामग्री सप्लाइ गर्ने कम्पनीमा काम गर्दै आएका थिए। मुक्तिनाथ दर्शन र त्यहाँ पुगेका बेला कम्पनीका पनि केही काम गर्न उहाँ जानुभएको भन्ने बुझियो,’ उनले भने, ‘तर गन्तव्यमा पुग्न नपाई जहाज दुर्घटनामा पर्‍यो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...