तारा एयरको विमान दुर्घटनाग्रस्तमा परेका ३ परिवार , आफन्त शोकाकुलमा


काठमाडौँ –



आइतबार पोखराबाट जोमसोम जाने क्रममा मुस्ताङको थासाङ गाउँपालिका– २ को शनिश्चरेमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा ३ परिवारका सबैजसो सदस्य परेका छन्।चालक दलका सदस्यसहित २२ जना सवार रहेको यो विमानमा १९ यात्रु रहेका थिए।नेपालको एक श्रेष्ठ परिवार पनि यो दुर्घटनामा परेको छ।गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ रहेकाको सपरिवार मुस्ताङ यात्राको लागि गएका थिए।

रोजिना बुढानिलकण्ठ विद्यालयमा अध्ययन गरेर अहिले अमेरिकामा पिएचडी अध्ययनको लागि गएकी थिइन्।उनी हाल कोलोराडो स्टेट युनिभर्सिटीमा अध्ययनरत थिइन्। उनी छुट्टि मनाउन नेपाल आएकी थिइन्। उनकी बहिनी रबिना श्रेष्ठ पनि बुढानिलकण्ठ स्कूलकै विद्यार्थी हुन्। उनी रामापो कलेज अफ न्यू जर्सीमा अध्ययनरत थिइन्।




रोजिना र रबिनाका परिवारका ४ सदस्य विमानमा सवार थिए। रोजिना र रविनाका दाइ रोशन श्रेष्ठ भने विमान दुर्घटनाको खबर पाएलगत्तै अमेरिकाबाट नेपाल फर्किएका छन्।रोशन पनि बुढानिलकण्ठ स्कूलकै विद्यार्थी हुन्। उनी सफ्टवेयर इन्जिनियर हुन्।

श्रेष्ठ परिवारको स्थायी बसोबार गोरखा हो।यस्तै, धुनषाका पारिवारिक आफन्तहरू यो दुर्घटनामा परेका छन्। धनुषका नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य राजनकुमार गोलेले बाबा, काका, मामा सहितलाई तीर्थ यात्राको लागि लगेका थिए।

विमानमा गोलेसहित उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए।विमानमा सवार ४ जना भारतीय नागरिक एकै परिवारका रहेका छन्। भारतीय सञ्चारमाध्यम ‘इन्डिएन एक्सप्रेस’का अनुसार विमानमा वैभवी बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी रहेका छन्।भारतीय सञ्चार माध्यमका अनुसार वैभवी र अशोककुमार त्रिपाठी सम्बन्ध बिच्छेद पछि अलग बस्ने गरेका थिए।

वैवाहिक सम्बन्धबाट अलग रहेरपनि उनीहरू सन्तानलाई लिएर साथै घुम्नको लागि नेपाल आएका थिए।आइतबार बिहान ९ बजेर ५० मिनेट जाँदा पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मस्ताङमा दुर्घटनामा परेको हो।चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेस किस्मी थापा थिए।यस्तै, विमानमा २ जर्मन नागरिकसहित क्याप्टेन वसन्त लामा पनि सवार थिए।



सम्बन्धित
Loading...