बसको ठक्करबाट बालिकाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् ।
बसको ठक्करबाट ग,म्भीर घाइते भएकी बालिकाको उप,चारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
नम्बर नखुलेको स्कुल बसले बिहान १० बजे बालिकालाई ठ,क्कर दिएको थियो ।
बससहित फ,रार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
