बाबुछोराको त्यो अन्तिम संवाद… अहिले सम्झँदा काहली लाग्छ
जाजरकोट : ‘निशब्द छु। भाव विहिल छु।’ २०७९/२/१५ गते विहान ५:३० बजे म र स्रोत व्यक्ति मणिराम पाखरेल सर जाजरकोट खलंगा रम्वा होटलमा बसिरहेको बेला अडियो कल आयो।
छोरो उत्सव पोखरेलले पोखराबाट जोमसम उडान भर्ने कुरा बताए, जुन मैले प्रत्यक्ष सुनेको थिए। मणिराम सरले शुभयात्रा बाबू भन्नुभयो जुन अन्तिम शब्द बन्यो सायद।
मैले मनमनै भाग्यमानी बाबू सम्झे। छोराले गरेको उन्नति ठिक छ भनेर गफ गरे। १० बजेभित्र हामी नलगाड नगरपालिका दल्ली पुगिसकेका थियौं तर मुस्ताङ जिल्लामा भएको जहाज दुर्घटनामा उनै उत्सव थिए। जो सङ्ग बिहान मात्र कुराकानी भएको थियो।
करीब ५ घण्टापछि हतास भएर मेरो छेउमा पुगेका मणिराम सर आँखाभरी आँसु थिए। बोली अवरूद्व थियो। मेरो सर्वनाश भयो सर भनेर भन्नुभयो।
म निशव्द भए, नेपालगन्जसम्म पठाउनका लागि गाडि व्यवस्था गर्न लागे। पठाइयो। र जवरजस्ति सम्झाए पनि। एउटा कुशल प्राबिधिक गुमाउनुको राष्ट्रिय पीडा, छोरा गुमाउनुको बावुको पीडाको सम्मीश्रण थियो मेरो भावनामा। भगवानसंग पुकारा गरेपनि सायद सुनेनन।
हार्दिक समवेदना मणिराम सर…अझै मृत भन्नलाई साहस छैन यो मनमा। नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत मानबहादुर गिरीको हो स्टाटस।
यही स्टाटसले धेरै कुरा स्पष्ट पारिसकेको छ तारा एयरको जहाज दुर्घटनाका सन्दर्भमा। को-पाईलट उत्सव अब हामी माझ रहेनन्। चौरजहारी क्षेत्रका पहिलो पाइलट उत्सव दुर्घटनामा परेको खबरले यो क्षेत्र शोकमग्न भएको छ।
उत्सव पोखरेल आइतबार बिहान जोमसोम उडान गर्ने तयारीमा थिए। पोखरा रहेका उत्सवले उडान भर्नुअघि बुबालाई फोन गरे। जाजरकोट सदरमुकाममा रहेका उत्सवका बुबा मणिरामसँग उनको छोटो कुराकानी भयो। पोखरा–जोमसोम उडान गर्ने तयारीमा रहेको जानकारी उत्सवले गराए। त्यसपछि मणिरामले ‘शुभयात्रा बाबु’ भनेर आशिर्वाद थिए।
उत्सव पोखराबाट जोमसोमका लागि उडे। मणिराम भने आफू कार्यरत जाजरकोटकै नलगाड नगरपालिकातिर गुडे। मणिराम कार्यक्षेत्र पुग्दा नपुग्दै खबर आइपुग्यो। उत्सव को-पाइलट रहेको तारा एयरको विमान सम्पर्कविहीन भयो भनेर। मणिराम नगरपालिकाकै व्यवस्थापनमा नेपालगञ्ज हुँदै काठमाडौं पुगे।