कबड्डी ४ की नायिका मिरुनाको पुत्ला दहन


काठमाडौँ । गत शुक्रबारदेखि देशभर चलचित्र ‘कबड्डी ४’ लागिरहेको छ । फिल्मले ओपनिङदेखि नै राम्रो व्यापार गरिरहँदा विरोध प्रदर्शन पनि सुरु भएको छ ।



फिल्मकी नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको हो । ‘कबड्डी ४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरले अनैतिक आरोप लगाएको भन्दै विरोध भएको हो ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****
नायिका मगरले मौखिक उजुरीका आधारमा लामालाई प्रहरीद्वारा पक्राउ गराएकी थिइन् । पक्राउ परेका लामाको रिहाइ गरी नायिकाले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग राख्दै प्रदर्शन भएको हो ।

नायिका मगरले प्रहरीलाई लामाले आफूलाई दुर्व्यवहार गरेको उजुरी गरेकी थिइन । लामा दुई दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।




प्रदर्शनकारीले चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न माग गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...