केकेको अनुहार र टाउकोमा चोट देखियो, प्रहरीद्वारा ‘असामान्य मृत्यु’को मुद्दा दर्ता




भारतका चर्चित गायक केके (कृष्ण कुमारा कुन्नथ) को मंगलबार अचानक निधन भएका ेछ । उनी कोलकातामा एक लाइभ शो गरिरहेका थिए ।

 

भारतीय सञ्चार माध्यमका अनुसार शोपछि उनको स्वास्थ्य अचानक बिग्रियो र उनलाई तुरुन्त अस्पताल लगियो जहाँ उनलाई मृत घोषित गरियो ।

 




डाक्टरले यसलाई कार्डियक अरेस्टका कारण भएको निधन बताइरहेका छन् । यद्यपि, मृत्युको वास्तविक कारणको खुलासा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हुने पनि बताइएको छ ।

 

यता प्रहरीले यो मामिलामा असामान्य मृत्युको मुद्दा दर्ता गरेकाे छ । प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले केकेको अनुहार र टाउकोमा चोट देखिएको बताएको छ ।

 

होटलका कर्मचारी र कन्सर्ट आयोजकसँग प्रहरीले लगातार सोधपुछसमेत गरिरहेको छ ।

 

यसैबीच केकेको परिवार बुधबार बिहान कोलकाता पुगेको छ । परिवारको अनुमति पछि गायकको पोस्टमार्टम गरिनेछ ।



सम्बन्धित
Loading...