आफ्नै काका र झाँक्रीसँग फुलपाती सेलाउन कोशी गएकी १६ वर्षीया किशाेरी बेपत्ता

इटहरीकी १६ वर्षीया अस्मिता चौधरी बेपत्ता भएकी छन् । गत वैशाख ३० गतेदेखि इटहरी-१५ की १६ वर्षीया अस्मिता चौधरी बेपत्ता भएकी हुन् । उनकाे अवस्था अझै अज्ञात रहेकाे छ ।
अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती सेलाउन कोशीमा गएदेखी उनकाे अवस्था अज्ञात रहेकाे किशोरीका बुवा पशुपति चौधरीले बताएका छन् ।
चौधरी भन्छन् काका लालु चाैधरी र विराटनगर घर भएका झाँक्री दिनेश मण्डलले मोटरसाइकलमा राखी फुलपाती सेलाउन कोशी नदीमा गएकी थिइन् अझैसम्म घर फर्किएकी छैन ।
यस बियषमा अस्मिताका अभिभावकहरूले इलाका प्रहरी कार्यालय पकलीमा मानव अपहरण तथा शरीर बन्धक आरोपमा दुई जनाविरुद्ध जाहेरी दिएका छन् । प्रहरीले काका लालु चाैधरी र सनी मण्डल लाई पक्राउ गरेको छ भने झाँक्री दिनेश भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएकाे छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अस्मितालाई विराटनगरको सनी मन्दिर पुर्याएको खुल्न गएकाे छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।