नवलपरासी पूर्वको सदरमुकाम पूर्वाधारको काम ८० प्रतिशत सकियो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ मा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) सदरमुकामको पूर्वाधार निर्माणको काम भने ८० प्रतिशत सम्पन्न भएको छ ।
सहरी विकास मन्त्रालयले उपलब्ध गराएको मन्त्रालयगत प्रगति विवरणअनुसार बर्दघाट सुस्ता पूर्व सदरमूकामको पूर्वाधार निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
मन्त्रालयका अनुसार सो क्षेत्रको मास्टर प्लान तथा भवनहरूको डिजाइनको कार्य अन्तिम चरणमा पुगेको छ ।
रूकुम पूर्व जिल्लाको सदरमुकामको पूर्वाधार विकासको काम भने कति भयो भनेर मन्त्रालयले प्रतिवेदनमा उल्लेख गरेको छैन् ।
त्यस्तै चालू आवको बजेटमा काभ्रे भ्याली, वालिङ्ग, लुम्बिनी साँस्कृतिक, तुलसीपुर, दुल्लु, अमरढी र भीमदत्त नगरपालिकामा दीगो, सुरक्षित र प्रविधिमैत्री स्मार्ट सिटी निर्माण गरिने भनिएको थियो ।
तर, यस योजनामा पनि खासै प्रगति नभएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । उक्त योजनामा प्रभाव मूल्याङ्कन कार्य भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।