सुधार केन्द्रमा रहेका युवकको मृत्यु

बाँकेको नेपालगन्जस्थित सभ्य पाइला सुधारकेन्द्रमा रहेका युवकको मृत्यु भएको छ ।
बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार उपचारका लागि अस्पताल लैजाँदै गर्दा जानकी गाउँपालिका –२ चौधरीपुरका हिक्मत थापाको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमबारदेखि सुधार केन्द्रमा बस्दै आएका थापा एक्कासि बिरामी परेपछि बुधबार बिहान अस्पताल लगिएको थियो ।
परिवारले घटनाको वास्तविक छानबिन गरी दोषीउपर कारबाहीको माग गरेका छन् ।