यिनै हुन् दु”र्घटनामा ज्यान गुमाउने दिदि बहिनि , साथमा बुबा-आमाले समेत ज्यान गुमाए !


गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ५ तीनमाने घर भई काठमाडौंको पुतलीसडक बस्दै आएका ५२ वर्षीय गणेशनारायण श्रेष्ठसहित उनका परिवारका चार जना तारा एयरको जहाज दु”र्घटनामा परे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



अमेरिकामा पढ्दै आएका दुई छोरीहरू छुट्टी मनाउन नेपाल आएका थिए। छोरीहरू २३ वर्षकी रोजिना श्रेष्ठ, २० वर्षकी रविना श्रेष्ठ र श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठसहित गणेशनारायण मुक्तिनाथ दर्शन गर्न जाने क्रममा तारा एयरको जहाज दु”र्घटनामा परेका छन्। राेजिना र रविना वैशाख ३० मा काठमाडौं ओर्लिएका थिए।

रोजिना हाल कोलोराडो स्टेट युनिभर्सिटीमा अध्ययनरत थिइन्। बहिनी रवीना रामापो कलेज अफ न्यू जर्सीमा अध्ययनरत थिइन्। गणेशनारायण कम्प्युटरलगायत सामग्री सप्लाइ गर्ने कम्पनीमा काम गर्दै आएका थिए। गणेशनारायणको परिवारले जहाजमा चढ्नुअघि अमेरिकामा रहेका छोरासँग कुराकानी पनि गरेका थिए। गणेशनारायण २०४३ सालदेखि काठमाडौंको पुतलीसडकमा बस्दै आएका थिए। उनको स्थायी घर भने गोरखा तीनमानेमा छ। उनीहरू मुक्तिनाथ दर्शन गरेर फर्केपछि गोरखास्थित घर पनि जाने याेजनामा थिए तर पूरा हुन पाएन ।




अमेरिकामा रहेका छोरा २६ वर्षका रोशन श्रेष्ठ स्वदेश फर्कदैछन्। आमा-बुवा र बहिनीहरू जहाजमा परेको खबरपछि रोशन अमेरिकाबाट नेपाल आउँदैछन् । मंगलबार बिहान रोशन काठमाडौं उत्रनेछन्। रोशन करिब पाँच वर्षअघि पढाइकै सिलसिलामा अमेरिका पुगेका थिए।

तीन वर्षअघि रोजिना र एक वर्षअघि रविना अमेरिका गएको राना बताउँछन्। उनीहरू पनि पढाइकै लागि अमेरिका गएका हुन्। रोजिनाले पिएचडी गर्दै थिइन्, रविनाले कम्प्युटर इन्जिनियरिङ पढ्दै थिइन्। उनीहरू पहिले भने बुढानिलकण्ठ स्कुल पढेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...