आइतबार ६ घण्टा पूर्वपश्चिम राजमार्गको चोरमारामा सडक बन्द हुने

नवलपुर । पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि ६ घण्टा सडक अवरुद्ध हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी जेठ २२ गते आइतबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक अवरुद्ध हुने जनाएको हो ।
चोरमारामा रहेको गिरुवारी खोलाको पुलको बीचमा प्वाल परेको कारण तत्काल मर्मत गर्नु पर्ने भएकोले जेठ २२ गते विहान ८ बजेदेखि दिउँसो २ बजेसम्मलाई पुलमा साना तथा ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको नवलपुर प्रशासनले जनाएको छ ।
झण्डै ५० बर्ष आसपास पुगेका नवलपुरका पुलहरु अत्यन्तै जीर्ण अवस्थामा रहेका छन् । पुलहरु बेलाबेलामा मर्मत गरेर पुन सञ्चालनमा ल्याउने गरिएको छ ।

आइतबारदेखि दैनिक पाँच घण्टा बाटो बन्द गरेर मुग्लिन-पोखरा सडक विस्तार गरिँदै