रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


 



बाँकेको कोहलपुर नगरपालिका १५ अक्कलघरुवामा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृ’त्यु भएको छ ।

 

प्रहरीका अनुसार सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा गएराति भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठो’क्किंदा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका ५ का ३३ वर्षीय सुमन शर्माको मृ’त्यु भएको हो ।

 




गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

 

ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...