ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ११ वर्षीया बालिकाको मृत्यु

तनहुँमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ।
शुक्रबार राति भिमाद नगरपालिका-९ च्यानडाँडा बस्ने शिवनारायण केसीको घरमा ग्यास सिलिन्डर पड्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
ग्यास सिलिन्डर पड्किँदा आगलागीमा परी शिवनारायणकी ११ वर्षीया सुवेक्षा केसीको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको खड्काले बताए।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।
नवलपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते
नवलपुर । पूर्वी नवलपरासीमा टिप्पर अनियन्त्रित भई पल्टदा टिप्पर चालक घाइते भएका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ भोटे खोला भित्री सडक खण्डमा ना ६ ख ८६५५ नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई पल्टन जाँदा टिप्पर चालक विनयी त्रिवेणी गाउँपालिका–२ बस्ने वर्ष ४५ को टिका राहु मगर घाइते भएका हुन् ।
उनको अलाइभ हस्पिटल भरतपुरमा उपचारका लागि पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पूर्वी नलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा एक गम्भिर घाईते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार मध्यविन्दु नगरपालिका–७ स्थित भित्रि सडक खण्डमा अम्रसाबाट चोरमारा तर्फ आउदै गरको लु ८५ प १५०२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाईकल चालक बझाङ्ग जिल्ला धमिना गाउपालिका–४ बस्ने ३४ वर्षीय देवेन्द्र रोकाया घाईते भएका हुन् ।