सिडिओको उपस्थितीमा वृक्षरोपण

कावासोती । विश्व वातावरण दिवसको अवसरमा कावासोतीमा वृक्षरोपण गरिएको छ ।
कावासोती १६ स्थित अंकुर आदर्श सामुदायिक बन उपभोक्ता समुहको आयोजना, जिल्ला स्थित सरकारी कार्यालयहरुको सहकार्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य संघ सस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा विभिन्न प्रजातीका २०० विरुवा रोपिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सन्तोष पाठकले जानकारी दिनुभयो ।


