यीनै हुन २० बर्षकै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी लक्ष्मी सुनुवार
काठमाडौ । अहिले महिलाहरु जुनसुकै पेशामा पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने थुप्रै उदाहरण देखिएका छन् । ति मध्य एक हुन् ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवार । उनी पनि पुरुषले मात्रै धान्दै आएको पेशालाई आफ्नो बनाएकी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनी सानै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी छन् । अहिले २३ वर्ष पुगेकी लक्ष्मीले ३ वर्ष देखि यो काम गर्दै आएकी छन् ।बुद्ध एयरमा काम गर्ने लक्ष्मीले जहाज उड्नुअघि र अवतरण भएपछि उक्त जहाज प्राविधिक रुपले ठिक छ की छैन हेर्छिन ।
जहाजको तार लगायत अन्य विद्युतीय सामग्री ठिक भए नभएको हेर्ने काम उनको हो । साथै जहाजमा इन्धन भर्ने र अवतरण क्रममा जहाजलाई ‘ट्याक्सी(वे’ सम्म बाटो देखाउने काम पनि उनले गर्छिन ।
यो पेशामा पुरुषको बाहुल्यता छ । तर आफुले पनि यसलाई पेशा बनाउन पाएकोमा उनी गर्व गर्छिन्। सेतो पाटी अनलाईनले उनै लक्ष्मीसंग अन्तरवार्ता लिएको छ । लक्ष्मीको ब्यवसायीक जिवनको अनुभव यो भिडियोमा हेर्न सक्नुहुनेछ ।
Redकाठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको सुनिश्चित भएसँगै उनका सर्मथकहरुले धन्यवाद र्याली निकाल्ने तयारी थालेका छन् ।मतगणना सकिएर बालेनलाई विजयी घोषणा गरिएसँगै समर्थकहरुले विशाल र्यालीको तयारी गरेको बालेनको पक्षमा सक्रिय रहेका भिम उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार अब तीनवटा वडाको मात्रै मतगणना सकिए लगत्तै मतगणनास्थल सभागृहबाट र्याली सुरु भएर काठमाडौंका भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।
त्यसत्े कलंकीबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने उपाध्यायले बताए ।
यसअघि बुधबार आफ्नो जित सुनिश्चित भएपछि बालेनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयोत्सवको साटो धन्यवाद र्याली निकाल्न समर्थकलाई अपिल गरेसँगै आज निकाल्न लागिएको धन्यवाद र्यालीका कारण काठमाडौँको ट्राफिक व्यबस्थापन प्रभावित हुने देखिन्छ । र्यालीमा सहभागीको संख्या विशाल हुने देखिन्छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****