भारततर्फ लग्दै गरिएकी किशोरीको उद्धार

भारततर्फ लैजाँदै गरेकी एक किशोरीको नेपाल भारत दशगजा क्षेत्रबाट उद्धार गरिएको छ।
किशोरीलाई भारत लग्न लागेका ग्राम बलरामपुर पोष्ट जितौरिया पुरनपुर पिलिभित उत्तर प्रदेश भारत निवासी वर्ष २९ को पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
दोधारा चाँदनी नगरपालिका वडा नं ७ स्थित बाबाथान प्रहरी चौकीका इन्चार्ज कृष्णदत्त भट्टको कमाण्डमा गएको टोली र माइती नेपाल कञ्चनपुरको संयुक्त टोलीले दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोजनजिक नेपाल–भारत सीमा स्तम्भ ७९८ (बिपी १५) दशगजा क्षेत्रमा शुक्लाफाँटा नगरपालिका १० बस्ने वर्ष अन्दाजी १९ की किशोरीको शनिबार उद्धार गरेको हो।
उद्धार गरिएकी किशोरीले कञ्चनपुरको डोके बजारको एक होटलमा काम गर्दै आएको र भारतीय नागरिक पवनले होटलमा दिनुपर्ने रकम ४ हजार लिन आफूसँग पठाइदिन होटलका मालिकसँग आग्रह गरेको बताएकी छन्।