नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु


नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु



नवलपुर । पूर्वी नवलपरासीमा चठ्याङ्ग लागेर एक जनाकाे निधन भएकाे छ ।

मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डाराका ६० वर्षका डिल्लीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




घर नजिकैको बारीमा काम गर्न गएका थारु चट्याङ लागि घाईते भएका थिए ।

उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको हो ।

 



सम्बन्धित
Loading...