धकेलेर लडाउँदा एक बृद्धको मृत्यु, आरोपी पक्राउ

धकेलेर लडाउँदा एक बृद्धको मृत्यु भएपछि आरोपी पक्राउ परेका छन्।
केपिलासगढी गाउँपालिका– २ खार्ताम्छाका २९ वर्षीय मन कुमार राईले सामान्य बादबिबाको क्रममा धकेलेर लडाउदा एक जना बृद्धको मृत्यु भएको प्रहरीको भनाई छ।
मृत्यु हुनेमा सोही स्थानका ६९ बर्षीय हरी प्रसाद राई रहेका छन्। गत १९ गते राति ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउदा घाईते भएका हरी प्रसादको न्युरो अस्पताल काठमाडौँमा उपचारको क्रममा हिजो राति १ बजे मृत्यु भएको हो।
घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।