एकल महिलामाथि बलात्कार दुई जना पक्राउ


 



गोकुलेश्वरमा एकल महिलामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका-९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद र लेकम गाउँपालिका-४ का ४५ वर्षीय हरिसिंह धामी रहेका छन्।

 




जिल्ला प्रहरी कार्याल दार्चुलाका अनुसार देवर नाता पर्ने  धामीले गएको १७ र १८ गते करणी गरेकाे पीडित पक्षकाे भनाइ छ।

 

यस्तै ज्वरो आएर उपचार गर्न गोकुलेश्वर अस्पताल जाँदा भदैनीको घरमा बास बसेकाे बेला साउँदले मध्यराति १२ बजे करणी गरेको पीडित महिलाले जाहेरीमा भनेकी छन्।

 

आराेपित दुबै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप कार्कीले बताए।

 



सम्बन्धित
Loading...