वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ




वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

सोमबार राति नेपालगञ्ज–१८, कारकाँदोकी ७० बर्षीया लिलावति गुप्ताको सोही ठाउँका ३० बर्षीय शिव भन्ने कुमार बुढईले हत्या गरेको प्रहरीले जनाएको छ ।

 




सामान किन्ने विषयमा भएको विवादका कारण वृद्धालाई कुटपिट गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारीले जानकारी दिए ।

 

कुटेर फरार भएका बुढईलाई गएराती नै नेपालगञ्ज –१५ को जमुनाहबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

 



सम्बन्धित
Loading...