कावासोतीमा प्रसुती अस्पताल निर्माण गरिने


 



गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तावित नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ ।

सरकारका तर्फबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरिरहुनभएको छ । सभामुख नेत्रनाथ अधिकारीको अध्यक्षतामा सुरु भएको हो ।  

 




नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा डाईलासिस सेवा विस्तार गरिने बताउनुभयो ।

 

स्थानीय तहमा ५० वर्ष उमेर पुरा गरेका नागरिकका लागि ६/६ महिनामा नि:शुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिएको बताउनुभयो ।

 

नवलपुरको कावासोतीमा प्रसुती अस्पताल निर्माण गरिने उहाँले बताउनुभयो । त्यस्तै गोरखामा समेत प्रसुती अस्पताल निर्माण गरिने बताउनुभयो ।



सम्बन्धित
Loading...