बालेनले ३० हजार भोट कटाए ३० दिन काठमाडौं नबस्ने घोषणा गरेका पौडेल निगमबाट बर्खास्त
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले उनलाई बर्खास्त गरेको हो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चार बर्षका लागि नियुक्त गरेका पौडेललाई यसअघि पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । उनी भट्टराईका कार्यकर्ता पनि हुन् ।
उक्त मन्त्रालयमा प्रेम आले आएपछि राजीनामा गर्न आग्रह गर्दा पनि नटेरेपछि उनलाई मन्त्रालयमा तानिएका थियो । स्पष्टिकर(ा चित्त बुभ्दो नभएको भन्दै पौडेललाई हटाउने प्रस्ताव मन्त्री आलेले मन्त्रिपरिषदमा लगेका थिए । पौडेले स्थानीय निर्वाचनको मतगणनाका क्रममा बालेन शाहले ३० हजार मत घटाए आफू ३० दिन काठमाडौं नबस्ने घोषणा गरेका थिए । सामाजिक सञ्जालमार्फत गरिएको उक्त घोषणा बालेन विजयी भएपछि भाइरल भएको थियो ।
यस्तै सिंहदरबार वैद्यखानाका कर्मचारीले काम पनि पाएनन् तलब पनि…
–पूर्णप्रसाद मिश्र/काठमाडौँ, २४ जेठ (रासस)ः चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो ।
उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् ।
तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आए पनि सुनुवाइ नभएको कर्मचारीको गुनासो छ । उत्पादन नभएपछि तलब नपाउने र कार्यालयमा आएका कर्मचारीले पनि काम नपाउने समस्या भएको छ ।
उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न राजा प्रताप मल्लका पालामा स्थापना भएको समितिमा तीन महिनादेखि पूरै काम ठप्प छ ।
समितिको बिक्रीकक्षमा काम गर्नुहुने आदित्य ठाकुर छ महिनादेखि शिलाजीत सकिएको बताउनुहुन्छ । बिक्रीकक्षमा दैनिक २५ जना मानिस शिलाजीत लिन आउँथे । ग्याष्ट्रिकमा काम गर्ने अविपत्तिकर चूर्ण सकिएको चार महिना पूरा भयो । औषधि खोज्न आउनेलाई समितिले रित्तै फर्काउने गरेको छ ।
धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण सकिएको पनि सात महिना पूरा भएको उहाँले सुनाउनुभयो । यस्ता धेरै औषधि सकिएको महिनौँ बिते पनि उत्पादनको वातावरण बनाउन समिति व्यवस्थापनले ध्यान दिएको छैन ।
समितिमा उत्पादन घटेर कर्मचारीलाई तलब एवं अवकाश पाउनेले नियमानुसार पाउने उपदानका लागि पनि पैसा नहुने भएपछि कर्मचारीले २०७८ साउन २४ गतेदेखि अवकाश कोष खडा गर्न माग गर्दै दैनिक एक घण्टा धर्ना दिने गरेका छन् । अवकाश कोष खडा गर्न माग राखेर धर्नामा बसेको एक वर्ष हुन लाग्दासमेत माग पूरा भएको छैन ।
विसं २०७७ चैत ३१ गतेदेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत डा सबरी साह भने उत्पादन रोकिएको एक महिनामात्र भएको दाबी गर्नुहुन्छ । त्यसअघि थोरै भए पनि औषधि उत्पादन भएको उहाँले सुनाउनुभयो । विसं २०७८ भदौमा औषधि बनाउने कच्चा पदार्थ ल्याउन बोलपत्र आह्वान गरेपछि अर्का व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गर्दा प्रक्रिया रोकिएर अहिले उत्पादन बन्द हुने अवस्थामा पुगेको भनाइ निमित्त कार्यकारी निर्देशक डा साहको छ ।