आफ्नै छोराले पब्जीका लागि गरे आमाको ह`त्या, ३ दिन श`वसँगै बसे अनि गरे पितालाई भिडियो कल

पब्जी खेल्न नपाएपछि आ`क्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गो`ली हानी ह`त्या गरेका छन् । त्यसपछि आमाको श`वसँगै तीन दिनसम्म घरमै बसे । उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन् ।
श`व कु`हिएपछि दु`र्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई आफैंले फोन गरेर आमाको ह`त्या गरेको जानकारी दिए । पिताको जानकारीपछि मंगलबार राती प्र`हरीले श`वलाई घर बाहिर निकाले ।
नवीन कुमार सिंह, मूल रूपमा वा`राणसीका, सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बं`गालमा छ । ल`खनउको पीजीआई क्षेत्रको य`मुनापुरम कोलोनीमा उनको घर छ ।
यहाँ उनकी श्रीमती साधना ९४० वर्ष० आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् । छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको ह`त्या गरेको बताए । उनले बुवालाई श`व पनि देखाए । नवीनले एकजना आफन्तलाई तत्कालै फोन गरेर घर घर पठाए ।
प्र`हरीको दावी – मोबाइलमा गेम खेल्न रोक्दा, ह`त्या
एडीसीपी काशिम अब्दीका अनुसार छोरालाई मोबाइलमा गेम खेल्ने बानी थियो तर साधनाले उनलाई गेम खेल्नबाट रोकिन् । शनिबार राति पनि उनले छोरालाई गेम खेल्न दिएकी थिइनन् ।
त्यसैले छोरा आमासँग असाध्यै रिसाएका थिए । राति करिब २ बजेतिर साधना गहिरो निद्रामा थिइन्, उनले दराजबाट बुवाको पेस्तोल निकालेर आमाको ह`त्या गरिदिए । त्यसपछि बहिनीलाई धम्की दिएर सोही कोठामा थुनिदिए ।

दाजुको डरले आमाको श`वसँगै सुतिन् छोरीः
मंगलबार राति प्र`हरीले बाहिरी गेट खोल्दा घर भित्रबाट असह्य गन्ध आइरहेको थियो । नाकमा रुमाल बाँधेर प्र`हरी भित्र पसेपछि साधनाको कु`हिएको श`व ओछ्यानमा पल्टिएको थियो । श`व यति कु`हिएको थियो कि अनुहार चिन्न गाह्रो भएको थियो ।
साधनाकी १० वर्षीया छोरी पनि त्यही कोठामा रुँदै थिइन् । प्र`हरीले छोराले बहिनीकै अगाडि आमाको गो`ली हानी ह`त्या गरेको बताएको छ । जसका कारण उनी यति त्र`सित भइन् कि दाइको आदेशमा आमाको श`वसँगै सुतिरहिन् ।
श`वको छेउमा पे`स्तोल थियो, म्यागजिन पूरै खाली थियो
प्र`हरीले साधनाको श`व नजिकै नवीनको लाइसेन्स पे`स्तोल फेला पारेको छ । पे`स्तोलको म्यागजिन पूरै खाली थियो । यसबाट थाहा हुन्छ कि छोराले म्यागजिनका सबै गो`ली आमामाथि दागेका थिए । तर, श`व कुहिएकाले शरीरमा गोलीका निशानहरू देखिएनन् ।
प्र`हरीले छोरालाई धेरै सोधपुछ गरे तर कति गोली चलाएको हो भनेर उनले भन्न सकेनन् । यसका लागि प्र`हरीले पो`ष्टमार्टम रिपोर्ट पर्खिरहेको छ ।

बर्थ डेको राती पनि आमा–छोराबीच झ`गडा
यता प्र`हरीले पनि साधनाले कुनै कुरामा रिसाएर छोरालाई लगातार प्रताडित गरिरहेको जानकारी दिएको छ । अक्टोबरमा छोराको जन्मदिन थियो । जन्मदिनकै राती छोराले आमाबारे यस्तै कुरा पितालाई गरेका थिए, यस विषयमा दुईबीच निकै वि`वाद भयो ।
त्यसपछि साधनाले लगातार छोरालाई प्रताडित गरिरहेकी थिइन् । घ`टना हुनु दुई दिन अघि १० हजार भारु चोरेको आ`रोप लगाएर छोरालाई नि`र्घात कुटेकी थिइन् । त्यतिबेला नै उनले आमाको ह`त्या गर्ने सोचेका थिए ।
आमाको कुनै बानी छोराले अति नै घृ`णा गर्ने गरेको प्र`हरीले जनाएको छ । यसबारे उनले आफ्नो बुबालाई धेरै पटक गुनासो पनि गरेका थिए । यति हुँदाहुँदै पनि आमाको व्यवहारमा कुनै परिवर्तन आएन । आमाको यस्तै बानीबाट हैरान भएर उनी एक वर्षअघि घरबाट भागेका थिए ।
यद्यपी त्यो कस्तो बानी थियो भनेर प्रहरीले केही बताएको छैन । अहिले प्रहरीले छोरालाई आफ्नो सुरक्षामा लिएर १० वर्षीया छोरीलाई नवीनका भाइलाई बुझाएको छ ।