फर्पिङ जंगलमा मृत भेटिएकी विमलाले १ साताअघि भनेकी थिइन्– ‘मैले विवाह गरेँ’




फर्पिङको जंगलमा जेठ २३ मा एक जोडी मृत भेटिए । दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा दाङको राप्ती गाउँपालिका घर भएकी १९ वर्षकी विमला कुमाल र मकवानपुर घर भएका मनिष ठकुरी मृत भेटिएका हुन् ।

 

मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष डोजर अपरेटरका सहयोगी हुन् । विमला मजदुरी गर्थिन् । सडकमा नाला बनाउने मिस्त्रीको सहयोगी विमला दक्षिणकालीमा बस्थिन् ।

 




शव नजिकै विषको बट्टा भेटिएको हुनाले उनीहरुले विष खाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । तर, पोष्टमार्टम रिपोर्ट आएको छैन ।

 

विमलाले एक साताअघि परिवारलाई आफुले विवाह गरेको बताएकी थिइन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले  भने– ‘विमलाले एक हप्ताअघि विवाह गरेको परिवारलाई भनेकी छन्, तर, पतिसँग चिनजान गराएकी थिइनन् ।’

 

उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । एकैठाउँमा मृत भेटिएका जोडीको शरीरमा निलडाम छैन ।

 

विष खाएकोबारे यकिन गर्न विधि विज्ञान प्रयोगशालामा भि–सेरा परीक्षण गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...