अब कामको लागि कोहु नेपाली खाडी जानू पर्दैन रामकुमारी झाँक्री।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको पत्तासाफ गर्ने ‘आइडिया’ सार्वजनिक गरेकी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
हिजो सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित नेकपा एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले पार्टी निर्माणको ३ महिने अभियान चलाएर देशभरबाट कम्तिमा ७ लाख संगठित सदस्य बनाउने दाबी गरिन् ।
चुनावमा प्रत्येक संगठित सदस्यले परिवारको मात्रै पनि ४ भोट ल्याए देशभरबाट नेकपा एकीकृत समाजवादीको पक्षमा कम्तिमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने दाबी मन्त्री झाँक्रीले गरिन् ।
पार्टीमा प्रत्येक संगठित सदस्यले १ दिन पार्टीका लागि काम गर्ने र बाँकी ६ दिन आफ्ना लागि काम गर्ने गरी योजना बनाइएको बताउँदै झाँक्रीले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताएकी छन् ।
नेकपा एमालेमा आफ्नो पक्षमा रहेका केही साथीहरू बनिबनाउ घरको नाममा दास बन्ने कोसिस गरिरहेका आरोप उनले लगाइन् ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****