श्रीमतीले नर्सको सरकारी जागिर खाएपछि आफूलाई छोडेर जाने डाहाले श्रीमानले दाहिने हात काटिदिए


काठमाडौं । एक व्यक्तिले क्रूरताको सबै हद पार गरेका छन् । भारत, पश्चिम बंगालबाट एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ
त्यहाँ एक श्रीमानले २५ वर्षीया श्रीमतीको दाहिने हात काटिदिए । श्रीमतीले सरकारी अस्पतालमा नर्सको जागिर पाएपछि उनले यस्तो गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



जागिर पाएपछि श्रीमतीले छाडेर जान्छिन् भन्ने डरले उनले हात काटेको बयान दिएका छन् ।

हात नभए न जागिर नै रहन्छ न त छाडेर नै जान्छिन् भन्ने कुरा उनको मनमा थियो । उनले आफ्ना अन्य दुई साथीसँग मिलेर यो अपराध गरेका हुन् ।




घटना गत शनिबार कोलकाताबाट करिब १७० किलोमिटर टाढा पूर्वी बर्दवानको केतुग्राम गाउँमा भएको हो ।

रेणुका खातुनलाई छिमेकी र उनका भाइले काटिएको हातसहित नजिकैको सरकारी अस्पतालमा लगिएको थियो । त्यहाँ रेणुकाको अवस्था नाजुक भएपछि बर्दवानको अर्को अस्पतालमा रिफर गरियो ।

उनलाई ११५ किलोमिटर टाढा दुर्गापुरको आइक्यू सिटी अस्पतालमा लैजानुअघि परिवारले थप दुई नर्सिङ होममा पनि लिएर गएको थियो ।

अस्पताल खोज्दा–खोज्दै ६ घण्टाभन्दा बढी समय खेर गयो । ल्याउन ढिलो भएको बताउँदै अब रेणुकाको हात जोड्न नसकिने चिकित्सकले बताएका छन् ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...