फ्रान्सेली राजदूतलाई बालेनलको भेटः–मेयर बालेनले भने ‘यो वर्ष कुकुर तिहार विश्वव्यापी रुपमा म’ नाउँछौँ’


काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओसँग भेटवार्ता गरेका छन् ।



उनले राजदूत बोरबाओसँग नेपालको कला र संस्कृति फ्रान्स लगायत विश्वभर प्रबर्द्धन गर्न चाहेको बताएका छन् ।

उनले यो वर्षको कुकुर तिहार पर्व विश्वभर मनाउने योजनामा रहेको बताएका छन् । सो पर्वमा फ्रान्सेली जनता पनि सहभागी गराउन उनले आग्रह गरेका छन् ।




यो पनि – नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले आज बुधवार पनि काठमाण्डौबाट फोहर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका डेढ सय वटा टिपरलाई स्थानीयवासीले रोकेका हुन् ।

दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झडप मत्थर नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएकाे काठमाण्डाै महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठले जानकारी दिनुभयो ।

हिजो मङ्गलवार प्रहरी परिचालन गरेर फोहर बोकेका गाडी बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा पुर्‍याएकाे भए पनि आज फोहर बोकेका गाडी पुग्न सकेनन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

गएको सोमवार सहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहर फ्याँक्न दिने सहमति भए पछि हिजोदेखि फोहोर बोकेका गाडी लगिएको भए पनि स्थानीयवासीले अवरोध गरेका हुन् ।



सम्बन्धित
Loading...