अस्कलका उपप्राध्यापक क्याम्पसभित्रै कुटिएपछि तनाव

अमृत साइन्स कलेज (अस्कल) का उप–प्राध्यापक दिवाकर पाण्डे कुटिएका छन्।
क्याम्पस हाताभित्रै गत २२ गते आइतबार त्यहीँ अध्ययनरत विद्यार्थीबाट कुटिएपछि तनाव सिर्जना भएको छ।
बीएससी (सीएसआईटी) छैटौँ समेस्टरमा अध्ययनरत विद्यार्थी पंकज पाण्डेले कक्षाकोठामा लगेर कुटेको भन्दै विभिन्न संगठनहरुले विज्ञप्ति निकालेका छन्।
पाण्डे नेकपा एमालेनिकट भातृ संगठन अनेरास्ववियूका क्याम्पस कमिटी सहसचिव हुन्। भर्ना प्रक्रियामा सहयोग नगरेको भन्दै प्रध्यापकलाई नै कुटपिट गरिएको विज्ञप्तिमा उल्लेख छ।
नेपाल राष्ट्रिय प्रध्यापक संगठन, संयुक्त प्राध्यापक संघ लगायतले घटनाका दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्ति निकालेका छन्।