कावासोती नगरपालिकाले टुंग्यायो विषयगत समितिको संयोजकहरु




कावासोती । कावासोती नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले विषयगत समितिको संयोजकहरु तोकेको छ ।

 

कार्यपालिका बैठकले सुशासन तथा संस्थागत समितिको संयोजकमा डोरमान गिरी,  आर्थिक विकास समितिमा भिम रिमाल(गोकर्ण), सामाजिक विकास समितिको संयोजकमा चुणामणी थनेत, पूर्वाधार विकास समितिको संयोजकमा तबारक अहमद मियालाई जिम्मेवारी प्रदान गरेको छ ।

 




यसै गरि कार्यपालिका बैठकले वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा यम बहादुर थापा, विद्येयक समिति संयोजकमा तुलसीराम थारू, स्थानीय राजश्व परामर्श समितिको संयाेजकमा उप प्रमुख फूलकुमारी थनेत र   सदस्यमा  शारदा प्रसाद अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।

 

कार्यपालिका बैठकले नगरपालिकाको प्रवक्तामा डोरमान गिरीलाई चयन गरेको छ ।

 

साथै न्यायिक समितिका दुई जना सदस्यहरूमा बसन्ती कुँवर र युवराज गैरेलाई चयन गरेको प्रवक्ता गिरीले नवलपुर पे्रसलाई जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...