चट्याङ लागेर दुई जनाको मृत्यु

सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर दुई जनाको मृ’त्यु भएको छ ।
प्रहरीका अनुसार आज दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादवको मृ’त्यु भयको हो ।
चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा.ली लग्ने क्रममा बाटाेमै मृ’त्यु भएको हो ।
२४ लाख बराबरको मकै बरामद
प्रहरीले मोरङमा भन्सार छली गरेर ल्याएको झन्डै २४ लाख बराबरको सामान बरामद गरेको छ।
भन्सार छली गरेर ल्याएको ५ सय बोरा मकै विराटनगर महानगरपालिका-६ केसलिया रोडबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कार्यालयका अनुसार बुधबार ना ४ ख १६७८ नम्बरको ट्रकमा भारतबाट नेपालतर्फ आएको हो।
उक्त ट्रकमा भन्सार छली गरेर ल्याएको ५ सय बोरा मकै भएको प्रहरीले जनाएको छ।
प्रहरीले सुन्दरहरैचा नगरपालिका-२ का ३६ वर्षीय चालक दुखिलाल उराउलोलाई ट्रकसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार अन्दाजी २३ लाख ७५ हजार बराबरको मकै नियन्त्रणमा लिएको जनाइएको छ।
प्रहरीले आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको जनाएको छ।