अलिफ खानको घर पुग्दा यस्तो देखियो,आमा बुबा विगत सम्झेर यसरी रु न थाले (भिडियो हेर्नुस)
झट्टसुन्दा अलि अनौठो जस्तो सुनिन्छ‚ लोक गायक ‘अलिफ खान’ को नाम । तर, जब उनीबारे थाहा हुन्छ‚ लाग्छ लोक भाका उनको रहर होइन‚ र*गत नै हो ।
उनको घर पाल्पा र मामाघर अर्घाखाँची । पाल्पाको अर्घेलीमा हुर्किएका अलिफमा लोक भाकाको प्र*भाव यसरी पर्यो कि उनी त्यसबाट अछुतो रहनै सकेनन्। अर्घेलीका सयौँ घरमा एकमात्र मुस्लिम परिवार थियो । सानै थिए अलिफ, परिवारको आर्थिक अवस्था क*मजोर थियो।
तर उनको हि*म्मत भने क*म भएन। किनपनि भने उनले एक्लै भएका बखत गीत गाउन थालेको निकै समय भइसकेको थियो । उनले त्यस समय गाउनेमात्र गरेनन्, लयसँगै शब्द पनि भेला पार्न थाले । एक दुई पटक अनुभवको कमी र मञ्चको ड*रले मुहार म*लीन भएपनि बिस्तारै उनी खुल्नथाले ।
उनीभित्रको प्रतिभा खुल्नथाल्यो। अनि त उनी गीत गाएसँगै केही न केही लिएरै घर आउन थाले । क*मजोर आ*र्थिक अ*वस्थाका बाआमाले अलिफले गाएको सुनेका थिएनन् । किनभने उनी बा आमाका अघिल्तिर जति अ*नुरोध गर्दा पनि गाउँदैन थिए । तर ‘अलिफले गाउँछ’ भनेको सुनेकै बा आमाले उनलाई वकमेन, किबोर्ड, गितारलगायत वाद्यसामग्री जुटाइदिए। तैपनि उनलाई बाआमाका सामुन्ने गाउने आँ*ट भने आएन ।
एसएलसीपछि उनी पाल्पाबाट बुटवल झरे । गीत गाउने अल्लि फराकिलो परिवेश र अवसरहरूको खोजी पनि यसको कारण थियो । गीत गाउने प्रस्ताव त आउँथे‚ उनी जान्थे पनि । तर बिनापारिश्रमिक एकपटक तीन जिल्ला पार गरेर जानुपर्ने ठाउँबाट निम्ता आयो ।
उनी रा*तारात कार्यक्रमस्थल पुगे । लामो समयसम्म गाउने पालोकुरे । तर अहँ‚ उनले गाउन पाएनन् । त्यसपछि उनी रुँदैरुँदै बुटवल फर्किए । सुरुवाती चरणमा उनी गाउन पोख्त थिएनन् । भी*डमा अ*त्यास लाग्थ्यो । अ*भ्यासको पनि क*मी थियो । धेरै ठाउँमा उनले शुरुमा विद्यालयमा झैँ ‘फेद न टुप्पोका गीत गाए ।
उनी भन्छन्‚ ‘गाएँ पनि के भन्नु गीतलाई गीत कविता झैँ पढेँ र स्टेजबाट फर्किएँ ।’ तर केही वर्षपछि मौका यस्तो पनि आयो कि उनले तिनै ठाउँका मञ्चहरुमा पुगेर गाएनन् मात्र अलिफले दर्शकको मन जि*तेर फर्किए । अलिफ लोकगीतप्रति यतिविघ्न आसक्त थिए कि अझै पनि छ उनी दोहोरी साँझमा गाउन पाउने आशामा १५ सय पारिश्रमिकमा से*क्युरिटी गा*र्डको काम गर्थे । नभन्दै दोहोरी साँझका सा*हु मनकारी निस्किए । उनैले केही समयपछि अलिफलाई बुटवलको एक दोहोरी साँझमा गीत गाउने अ*वसर मिलाइदिए । त्यसपछि अलिफको च*र्चा बढ्न थाल्यो । अनि त उनले बुटवलका धेरै दोहोरीमा गाए ।।
अलिफको परिवार व्यापारिक घरानाको थियो । उनको पुर्ख्यौली घर पाल्पाको तानसेनमा थियो । उनका हजुरबुबा भारतबाट चाँ*दी ल्याएर व्या*पार गर्थे । तर बाबुआमा छु*ट्टिएर अर्को ठाउँमा बस्न थालेपछि भने उनीहरूसँग केही पनि थिएन । पुस्तेनी सम्पत्तिको जग्गा तानसेनमै छाडियो। उनीहरू पाल्पाको अर्घेलीमा बस्न थाले । त्यहाँ उनीहरूको चुरा, पोते, ऐनालगायतको सानो पसल थियो ।
उनी र उनका दाजुभाइ विद्यालय वि*दाको दिन र विद्यालय अघिपछिको समयमा पनि झोलामा शृङ्गारका सामान बोकेर घरघर पुग्थे । आफ्नै जग्गा जमिन नभएका उनीहरू गाउँका अरु मानिसको खेतमा फलेको फलफूल र तरकारी बो*केर अरु गाउँमा जाने गर्थे । व्यापारिक घरानाका हुनुको धेरथोर प्र*भाव उनीहरूमा थियो। अन्य कुराहरु पनि अलिफा खानको बारेमा जान्न चाहनु हुन्छा भने तल कमेन्टमा जनाउन सक्नु हुनेछ।
भिडियो हेर्नुस :-