आफ्नै बारीमा तरकारी टिप्न जाँदा एकाविहानै बाघको आक्रमणबाट घाइते




शुक्रबार बिहान ६ बजेको समयमा चितवनको राप्ती-१ डिपार्टस्थितमा गाउँबस्ती नजिकै तरकारी टिप्न खेतमा जाने क्रममा ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइवा) बाघको आक्रमणबाट घाइते भएका छन् ।

 

बाघको आक्रमणबाट घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा अस्थायी प्रहरी पोस्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोलीले घाइतेको उद्धार गरेको हो ।

 




निज वाइवाको अनुहार र घाँटीमा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त बाघले आक्रमण गरी राप्ती १ का सुकबहादुर थिङको एउटा भैँसी र सुकराम तामाङको दुईवटा वटा बङ्गुर मारेको थियो भने जीतबहादुर थिङको एउटा गाईलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

 

यो पनि …
पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।

आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो ।

दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

 



सम्बन्धित
Loading...