जेसिबी दुर्घटना, चालकको मृत्यु

गुल्मीमा जेसिबी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका–२ , रातापानीस्थित लु १ क ४७७१ नम्बरको जेसिबी दुर्घटना हुँदा अन्दाजी ३२ वर्षीय चालक यज्ञबहादुर वलीको घटना स्थलमै मृत्यु भएको हो ।
गएराती ११ बजे सोही पालिका–३ को घुर्मीबाट लुम्छातर्फ आउँदै गरेको जेसिबी दुर्घटना भएको बनाइएपनि दुर्घटनाको कारण खुलाइएको छैन ।
चालक वलीको घर दाङको शान्तिनगर गाउँपालिका–१ तिलकपुर भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको दाङका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।