बालेन माथि कसैले ल्याङ-ल्याङ, औला उठाए अब प्रधानमन्त्री देउवाले नछोड्ने


काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन्।



दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो। प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए।

स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागीय मन्त्रीलाई निर्देशन दिने बताए । प्रधानमन्त्रीको आश्वासनपछि महानगरको फोहोर व्यवस्थापनमा सहज हुनेमा साह विश्वस्त देखिन्छन् ।




प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन्।
बिहीबार प्रधानमन्त्रीले मेयर बालेनलाई भेट्न बोलाएका थिए।भेटमा उनले बञ्चरेडाँडाका स्थानीयबासी र जनप्रतिनिधिसँग पनि छलफल गर्न सुझाएको बालुवाटार स्रोतले बतायो।

‘फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने भन्दै प्रधानमन्त्रीले बञ्चरेडाँडाका स्थानीयबासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न भन्नुभएको छ’, स्रोतले भन्यो।

यसैगरी स्थानीय सहमतिबेगर काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेपछि उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुने भएको छ।

वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायत सहभागी हुने छन्।

सहरी विकास मन्त्रालयले सोमबार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई मात्र राखेर बञ्चरेमा फोहोर फाल्ने सम्झौता गरेको थियो। सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन।

यसले मंगलबारदेखि सिसडोल र बञ्चरेडाँडा क्षेत्र तनावग्रस्त बन्यो। सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेर मंगलबार डेढ सयभन्दा बढी ट्रक फोहोर फालेको थियो। बुधबार भने स्थानीयको प्रतिकारपछि फोहोर लिएका गएका गाडीहरू त्यसै फर्किएका थिए।

तनाव चर्किँदै गएपछि सहरी विकास मन्त्रालयले बञ्चरेडाँडा संघर्ष समिति र वडाका प्रतिनिधिसमेतलाई राखेर शुक्रबार वार्ता गर्न लागेको हो। वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदैछ।

वार्तामा ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा धुनिबेसी नगरपालिका वडा नम्बर १, ३ र ४ का वडाध्यक्ष सहभागी हुने छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र बञ्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रविन्द्र बोहोराले पनि भाग लिने छन्।

यसअघि प्रधानमन्त्रीले नै संघर्ष समितिसँग वार्ता गर्ने भनिएको थियो। बञ्चरेडाँडाबाट बुधबार दिउँसो पक्राउ परेका संघर्ष समितिका संयोजक ढुंगानासहित तीन जनालाई प्रधानमन्त्रीले छलफल गर्ने भन्दै बिहीबार बिहान छाडिएको थियो।

 



सम्बन्धित
Loading...