पृथ्वीराजमार्ग भासिएको घ’टना : एक भाग्यमानी जो बाइक खस्दा पनि सेकेन्डभरले बाँचे


शुक्रवार पृथ्वी राजमार्गस्थित मुग्लिन–आँबुखैरेनी सडक खण्डमा मानिसको भाग्य र दुर्भाग्यका दुवै उदाहरण देखिए । सडक भासिँदा त्यसमा परेर मृत्यु भएका २ जनाको शव भेटिएको छ भने केही व्यक्ति दु”र्घटनाबाट सेकेन्डभरले बाँचेका छन् । उक्त दु”र्घटनामा सेकेन्डभरले बाँच्ने भाग्यमानी व्यक्ति हुन्, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारका सन्दीप घिमिरे । घिमिरे बिहीवार बेलुका मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउसनजिकै रहेको आफन्तको घरमा गएका थिए ।



उनी जाँदा बेलुकाको १० बजेको थियो । उनले त्यहीँ रात बिताए । बिहान झिसमिसेमै धादिङस्थित घरतर्फ प्रस्थान गरे । बाइकमा उनले हजुरआमा र सानी एउटी नानीलाई राखेका थिए । उनका अनुसार हुस्सु लागेकाले परसम्म देख्न सकिने अवस्था थिएन । सन्दीप आफ्नै गतिमा अगाडि बढिरहेका थिए । बिहान करीब पौने ५ बजे घ”टनास्थलमा आइपुग्दा एउटा बाइक रंग साइडबाट हुत्तिँदै आयो । त्यसलाई छल्न उनले तीव्र गतिमा रहेको आफ्नो बाइकमा इमर्जेन्सी ब्रेक हाने ।

बाइकमा रहेका तीनैजना उछिट्टिएर सडकको किनारामा पुगे । ढिस्कोमा पर्दा ठूलो चो”ट लाग्न पाएन । उठेर हेर्दा उनको होशहवास उड्यो । बाइक त परको कुरा, अगाडि सडक समेत थिएन । सडक हुनुपर्ने ठाउँमा तल पानी बगिरहेको देखियो ।‘एक्कासि एकजना रंग साइडबाट आयो । छल्न खोज्दा हामी दुर्घटनामा पर्‍यौं । उठेर हेर्दा त सडक हुनुपर्ने ठाउँमा तल पानी बगिरहेको थियो,’ सन्दीपले लोकान्तरसँग भने, ‘हामी ढिस्कोमा अड्किएर भाग्यले बाँच्यौं, तल झरेको भए लास पनि भेटिँदैनथ्यो ।




त्यही भा”सिएको सडक देखेर ती व्यक्ति र‌ंग साइडबाट आएका रहेछन्, जुन सन्दीप, उनको हजुरआामा र सानी नानीका लागि भाग्य सावित भयो । सन्दीपको बा ३३ प १०८१ नम्बरको बाइक कहाँ पुग्यो पत्तो छैन । तर ठूलो दु”र्घटनाबाट बाँचेकोमा खुशी छन् । उनलाई अहिले पनि त्यो क्षण सपनाजस्तो लागिरहेको छ । उनीहरू उठेका मात्र थिए, एकजना ट्रक ड्राइभर आइपुगे । एकैछिनअघि मेरै आँखाअगाडि कार र बाइक तल झर्‍यो भनेर रुँदै थिए, उनी ट्रक ड्राइभर रहेछन्,’ सन्दीपले त्यहाँको वस्तुस्थिति सुनाए ।

उनीहरू दु”र्घटनामा परेको ५ मिनेटपछि प्र”हरी आइपुग्यो । प्रहरीहरू ५ मिनेटपछि आएका थिए, सम्भवतः त्यही ट्रक ड्राइभरले खबर गरेको हुनुपर्छ,’ उनले भने । दु”र्घटनास्थलबाट प्रहरीले २ जनाको शव निकालेको छ । स”शस्त्र प्र”हरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्र”हरी निरीक्षक उमेश काफ्लेको कमाण्डमा गएको गोताखोरसहितको टोलीले ग १५ प २९५३ नम्बरको मोटरसाइकल फे”ला पारेको थियो ।

त्यसक्रममा गोरखाको सिरानचोक घर भएका ३५ वर्षीय केशव घिमिरे र अर्का एक व्यक्तिको श”व निकालेको सशस्त्र प्र”हरी बलका प्रवक्ता डीआईजी खड्काले जानकारी दिए । बा १० च ४६७९ नम्बर लेखिएको कारको हुटर मात्र फेला परेको सशस्त्र प्र”हरी बलले जनाएको छ । कारको मुख्य पार्ट्स र त्यसमा रहेका व्यक्तिहरूको अवस्था अज्ञात छ । lokendra.com लोकन्तर , गगन अर्याल

 



सम्बन्धित
Loading...