मेयर साहको अर्को कडा कदम – मापदण्ड पुरा नगर्ने निजी स्कुल बन्द गराउने !
जेठ २७, काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा सुधारको काम सुरू गरेका छन् । महानगरभित्रका विद्यालयहरूमा शिक्षा सुधारका लागि उनले अध्ययन र परामर्श गरिसकेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****
सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेका छन् ।
बालेनले महानगर शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, निजी तथा सरकारी विद्यालय हेर्ने विभागीय प्रमुख, परीक्षाका कर्मचारी, लेखा र प्रशासन प्रमुखलगायत शिक्षासँग सम्बन्धित
सबै विभागका कर्मचारीलाई भेटेर शिक्षा सुधारकै विषयमा लामो छलफल गरेर निर्देशन दिएको बताइएको छ । जेठ २३ गते शाहले सम्बन्धित सबैलाई भेटेर दिएको निर्देशनअनुसार शिक्षा विभागले बुधबारै नयाँ कार्ययोजना तयार गरेको बताइएको छ । महानगरभित्र कुल ८९ सार्वजनिक विद्यालय छन् ।
जसमध्ये ५९ मावि र ३० आधारभूत तह सञ्चालनमा छन्। शाहले सम्बन्धित सबैलाई ६ बुंदे निर्देशन दिएको बुझिएको छ । उनले काठमाडौं महानगरका सामुदायिक माविमा पढाइका साथै सीपमूलक तालिम अनिवार्य गर्ने, सबै सामुदायिक
विद्यालयलाई नमुना बनाउने, विद्यालयका शौचालय स्तरोन्नति गर्ने, बालबालिकालाई किताबको भारी नबोकाउन लकरको व्यवस्था गर्ने, इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षाका साथै विश्वस्तरमा जोड्न सकिने प्रविधिसहितको शिक्षामा जोड दिने र निजी विद्यालयको पनि अडिट गर्न निर्देशन दिएका छन् ।
शाहको निर्देशनअनुसार अब निजी विद्यालयहरूले मापदण्ड अनुसार कम गरे नगरेको रिपोर्ट बुझाउनुपर्ने छ । लिएको शुल्क अनुसारको गुणस्तर नभेटिएको खण्डमा कारबाहीको प्रक्रिया समेत अगाडी बढाउने तयारी गरिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****