धनगढीमा स्वतन्त्रबाट जितेका हमाल रहेछन् राप्रपाका कार्यकर्ता, यसरी देखाए असली अनुहार
काठमाडौं। धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग नजिक देखिएका छन्।
हालै भएको निर्वाचनमा कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हमालले एक पत्र मार्फत आफ्नो असली चरित्र उदांगो पारेका हुन्।
निर्वाचन हुनुअघिसम्म उनी विवेकशील साझा पार्टीका सुदुरपश्चिम संयोजक थिए। चुनावको मुखमै पार्टी परित्याग गरेर उनी स्वतन्त्रबाट चुनाव लडेका थिए।
तर, मेयरमा निर्वाचित भएका उनको स्वतन्त्रको ट्याग नराम्ररी उदांगिएको छ। उनले उपमहानगरपालिकाको लेटरप्याड दुरुपयोग गरेर राप्रपा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको चाकडी गरेका छन्।
उनले जेठ २४ गते राप्रपालाई एउटा पत्र लेखेका छन्। जहाँ उनले भनेका छन्, ‘पार्टीका सभापति/अध्यक्षज्यूको धनगढी उपमहानगर क्षेत्रभित्र विभिन्न कामको शिलशिलामा आगमन हुँदा यस उपमहानगरपालिकाको तर्फबाट उच्च सम्मानका साथ स्वागत गर्ने अवसरका लागि सोको जानकारी नगरप्रमुखको सचिवालयमा उपलब्ध गराई सहयोग गर्नुहुन अनुरोध गर्दछु।’