पाइन्टभित्र सुन लुकाएर ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन प’क्राउ


त्रिभुवन



अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना प’क्राउ परेका छन्। शनिबार बिहान कुवेतबाट काठमाडौं आएका तीन जना यात्रुका पाइन्टभित्र सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।

विमानस्थलबाट प्रकाश दुनुवार, भुमाकुमार माझी र सरोज मोची भन्ने व्यक्ति प”क्राउ परेका हुन्। उनीहरू जजिरा एअरलाइन्स जे ९ ५३९ बाट शनिबार बिहान काठमाडौं आइपुगेका थिए। चेक गर्नेक्रममा उनीहरूको पाइन्टको भित्री भागमा सुन लु’काएर ल्याएका हुन्।उनीहरूबाट २६० ग्राम सुन बरामद भएको छ।




भट्टराईका अनुसार ती तीनै जना यात्रुलाई अन्य व्यक्तिले १/१ वटा पाइन्ट दिएर लगाउन दिएका थिए। नेपाल पुगेपछि पाइन्ट अर्कै व्यक्तिलाई बुझाउन भनेर उनीहरूलाई पठाएको उनले बताए। त्यसबापत उनीहरूलाई केही रकम दिने आश्वासन समेत दिएको देखिएको छ।

यस्तै,,प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन्।अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकिर समेत गरे।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरूको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताए।

एमालेजस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको पनि अध्यक्ष ओलीले पटक/पटक दोहोर्‍याए।उनले एमालेबाहेक अन्य दलले ‘समृद्ध नेपालः सुखी नेपाली’ भनेको सुन्नु भएको छ? भनि प्रश्न समेत गरे। अध्यक्ष ओलीले भने, ‘सबै नेपालीले देशलाई माया गरे पुग्छ। देशलाई माया गर्नु भनेको समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्नु हो। देशमा भ्रष्टाचार उन्मूलन हुनुपर्छ, हाम्रो देश विकासमा अगाडि बढ्नुपर्छ।

अभियानको रूपमा देशलाई विकासको अभियानमा अगाडि बढाउनुपर्छ भन्ने कुरा, यो कुरा गर्ने बित्तिकै अब यहाँ कसैले भन्ला–यो साँस्कृतिक क्षेत्रको कार्यक्रमको अवसर पाउँदा पनि राजनीति गर्‍यो भनेर। होइन।‘एमालेजस्तो देशलाई माया गर्ने, देशको हितमा लड्ने र देशका निम्ति मरिमेट्ने अर्को पार्टी छैन।

कसैसँग यस्तो विचार छैनन्। एमालेबाहेक कसैले समृद्ध नेपालः सुखी नेपाली भनेको सुन्नु भएको छ? कसैले भन्दैनन्’, उनले भने,‘राष्ट्रियताको कुरा अरू कसैले भन्नेको सुन्नु भएको छ? नेपालको भूमि सामेल गरेर नक्सा बनाउन एमाले चाहियो।

उत्तरतिरबाट बाटो खोल्न एमाले चाहियो। हाम्रो जमिन डुब्यो, खोल्न एमाले चाहियो। हाम्रो सिमाना सारियो, ठिक बनाउन एमाले चाहियो। अरू शक्तिहरू, व्यक्तिहरू, बोल्छ कोही ? त्यसकारण मेरो आग्रह यति हो–कि देशलाई माया गरौं।’

 



सम्बन्धित
Loading...