अब एकएक पैसाको हिसाब खोज्छु, भ्रष्टाचारी कसैलाई छाड्दिन: हर्क साम्पाङ
काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ ले अब एकएक पैसाको हिसाब खोज्ने बताएका छन्।
जनताले आफुलाई जे गर्न पठाएको त्यो सुरु गर्ने भन्दै उनले सो घोषणा गरेका हुन्। उनी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिदै विजयी भएका हुन्।
यसअघि उनले धरान उपमहानगरपालिकाको बैठक ‘लाईभ’ गर्ने बताइसकेका छन्। उनी भन्छन्, ‘अब एकएक पैसाको हिसाब खोज्छु, भ्रष्टाचारी कसैलाई छाड्दिन।’
उनले सामाजिक संञ्जालमा लेखेका छन्- अब एक एक पैसाको हिसाब खोज्छु! जनताले मलाई जे गर्न पठाएको हो त्यो शुरु गर्छु! जय धरान!!!
धरानका मेयर हर्क साम्पाङ्ग भने– ‘आइन्दा हरेक कुरा लाइभ हुन्छ। अब, कसैले बिरोध जनताले जवाफ दिनेछन्।’